2026-06-29 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अपाङ्गता भएका व्याक्तिहरु चुनावी मैदानमा

2017-06-24

कृष्ण खनाल/असार १०, बुटवल । सरकारले यस पटक स्थानिय तहको निर्वाचन मापदण्ड परिमार्जन गरी प्रमुख तथा उप प्रमुखमा महिला अनिवार्य र वडा सदस्यमा महिला दलित वडा सदस्य अनिवार्य गरी पनि अपाङ्गता भएका व्याक्तिहरुले समेत वडा सदस्यमा आरण माग गरेका थिए । 

त्यो कार्यान्वयनमा नआएपनि अपाङ्गता भएका व्याक्तिहरु स्वक्तस्र्फतरुपमा स्थानिय तहको निर्वाचनमा होमिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार लुम्बिनी अञ्चलमा ५ जना अपाङ्गता भएका व्यात्तिहरु  स्थानिय चुनावमा उमेद्वार छ्न् । 

रुपन्देहीको सैनामैना नगरपालिका–९ वाट डोलराज भण्डारी वडा अध्यक्ष पदमा चुनावमा लडेका छन् र शरिरिक रुपमा  अपाङ्गता भएका उनी पहिला देखि सै समाजिक क्षेत्रमा सक्रिय थिए । अहिले नेकपा एमालेले  वडा अध्यक्षको टिकट दिएपपछि चुनावमा होमीएको बताउँछन् । 

समावेसीको नाममा अपाङ्गता भएका व्याक्तिहरु  पनि समावेश हुन पाउने गरी पार्टी टिकट दिएकोमा पार्टीप्रति आभार रहेको उनी बताउछन् । एक त अपाङ्गता भएको व्याक्ति अर्को तर्फ समाजमा विगत लामो समय देखि  सामाजिक क्षेत्रमा लागेको कारण आफ्नो जित सुनिश्चित भएको उनको दावि रहेको छ ।

यस्तै रुपन्देहीमा पनि शररिक अपाङ्गता भएका कृष्ण बहादुर गुरुङ्ग सिद्धार्थनगर नगरपालिका–८  वाट वडा सदस्य पदमा उमेद्वारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई वडा सदस्यको टिकट दिएपछि चुनावमा होमीएको उनी बताउछन् । । 

यस्तै अर्घाखाँचीबाट अर्का अपाङ्गता भएका व्याक्ति विष्णु प्रसाद भुषाल पनि चुनावी मैदानमा छन् । नयाँ शक्ति नेपाल पार्टी बाट सन्धीखर्क नगरपालिका वडा नम्बर २ को  खुल्ला तर्फ वडा सदस्य पदमा उनले उमेद्वारी दर्ता गराएका छन् । अहिले चुनावी मैदानमा रहेका उनी आफुले जित्ने दावी गर्दछन् । 

यस्तै शारिरक रुपमा अपाङ्गता रहेका राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामरतन हरिजन पनि चुनावी मैदानमा छन् । 

राम ग्राम नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदमा उनी नयाँ शक्ति पार्टी नेपालबाट उमेद्वारी दिएका छन् । शाररिक अपाङ्गता रहेका उनी अहिले चुनावी प्रसार प्रसार अभियानमा रहेका छन् । 

यस्तै बर्दघाट नगरपालिका बाट वडा नम्बर ४ बाट वडा अध्यक्षको रुपमा अर्का शारिरक अपाङ्गता भएका  रमेश श्रेष्ठ चुनावी मैदानमा उत्रीएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा टिकट पाएर वडा अध्यक्ष पदमा लडेका हुन । 

डोलराज भण्डारी


वडाअध्यक्ष ९ का उमेद्वार, सैनामैना नपा । 

रामरतन हरिजन


वडाअध्यक्ष ५ का  उमेद्वार, रामग्राम नपा । 

रमेश श्रेष्


वडाअध्यक्ष, ४ बर्दघाट नवलपरासी 

विष्णु प्रसाद भुषाल


वडा सदस्य सन्धीखर्क २, अर्घाखाँची । 

कृष्ण बहादुर गुरुङ्ग


वडा सदस्य, ८ सिनपा, भैरहवा । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ