असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल ब"/>
2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेस नेता बेपत्ता

असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल बहादुर सुनुवार बेपत्ता भएका हुन् । 

कांग्रेस नेता तथा पुर्व गाविस अध्यक्ष रेवत सुनुवारसँग हिँडेका उनलाइ स्थानीय चुलेपु जंगलको अफ्ट्यारो थुम्किमा माथिबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको कांग्रेसबाट सदस्यका उमेदवार होमबहादुर सुनुवारले बताउनुभयो । मध्यरातको घटना भएकोले राति नै खोजी गर्न नसकिएको र अहिले घटना स्थलतर्फ जाने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सँगै रहेका रेवत सुनुवारले आफू अघि अघि हिडेको र पछि रहेका कमल सुनुवारलाइ बाढीले बगाएको भन्दै राती ११ बजे गाउँलेलाई खबर गरेका थिए ।

मत माग्दै हिडेका उनिहरु एक विवाह समारोहमा समेत पुगेर फर्किएका थिए । स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका उनिहरु साँझ परेको मुसलधारे पानी र चट्याङका बिच पनि जंगलको बाटो भएर  उक्त बाटो भएर फोती जाँदै गर्दा यस्तो घटना भएको हो ।

चुनावको मुखमा घटेको घटनाले खिजीकातीवासी चिन्तित बनेका छन् । निर्वाचनमा खटिएका प्रहरीलाई समेत घटना स्थलमा पुगेर बेपत्ताको खोजी गर्न स्थानीयले आग्रह गरेका छन् । थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई