2026-06-30 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पहिरोका कारण घर पुरियो

2017-06-27

असार १३, पोखरा । अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । 

घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल हुनुभएको छ । 

मानवीय तथा चौपायाको कुनै क्षति नभए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको र अहिले स्थानीय जनता र प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको वडाध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो । 

वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको फेदीमा पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन