असार १३, रुपन्देही । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, रुपन्देही । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । 

2026-06-30 04:40 PM
राजनीति

अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा

2017-06-27

असार १३, रुपन्देही । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । 

बुटवलमा आज पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनीका ३४६ मतदानस्थललाई अतिसंवेदनशील र २४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताउनुभयो । यी जिल्लामा १५ हजार प्रहरी परिचालन गरिएको छ । 

प्रत्येक मतदानस्थलमा मतदानअघि, मतदान हँुदै गर्दा र मतदान सकिएपछिको सुरक्षा रणनीति बनाइएको छ । राष्ट्रिय अनुसन्धानका कर्मचारी हरेक मतदानस्थलमा पुग्ने पुडासैनीले बताउनुभयो । 

लुम्बिनीका छ जिल्लाका लागि चार हजार २१२ सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवोधकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले ९३ स्ट्राइकिङ टोली, १४३ मोबाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन गरिएको बताउनुभयो । 

निवार्चन बिथोल्न सक्ने आशङ्कामा लुम्बिनी अञ्चलबाट नेपाल कम्युनिष्ट पार्टीका ८६ कार्यकर्तालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये १४ जनालाई मुद्दा चलाइएको छ । लुम्बिनीका ६ जिल्लामा ९१० मतदानस्थल रहेका छन् । 

एक उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिकाबाट दुई हजार ९२२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा १३ हजार २४२ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् भने १४ लाख दुई हजार मतदाता रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन