सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुम"/>

2026-09-19 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरुमारानि गाउँपालिकाका जनप्रतिनिधिले शपथ लिए

सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुमारानी निर्बाचन कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित झग बहादुर बिश्वकर्मा, उपप्रमुख मिना सोमै  र ६  वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलेले  सामुहिक शपथग्रहण गर्नुभएको हो।

अध्यक्षलाई सरुमारानिको मुख्य

 निर्वाचन अधिकृत इश्वरी प्रसाद शर्माले र  गाउपालिका उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुलाई  अध्यक्ष बिश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो। प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा देश र जनताको नाममा  शपथ लिनुभएको छ।

कार्यक्रममा प्रमुख बिश्वकर्माले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताउनुभएको छ। उहाँले सुन्दर, समृद्ध र जीवित गाउँपालिका  स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै गाउपालिकालाई सम्मुन्नत,समतामुलक,न्यायपुर्ण तथा  शुसासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख सोमैले यो गाउपालिकामा पिछ्डिएका महिलाहरुको शसक्तिकरण गर्ने आफ्नो पहिलो कार्य रहेको भन्दै यहा  रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै सरुमारानीबासिसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिनुभयो।

सरुमारानिको मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

त्यस्तै गाउंपालिका कि प्रमुख कार्यकारी अधिकृत शारदा रजौरेले पालिकावासीको सुन्दर सपना पूरा गर्नका लागि गाउँपालिका वासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

माननीय सांसद धन बहादुर रायमाझिले स्थानिय सरकार संचालनमा पुर्ण रुपमा आफुले सहयोग गर्ने बताउनुभएको । नवनिर्वाचित प्रमुख उपप्रमुखले आगामी असार २१ गते  पदभार ग्रहण गर्नुहुने छ र त्यसपछि गाउंसभाको पहिलो बैठक बस्नेछ ।  कार्यक्रमको संचालन शान्तराज गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई