2026-07-05 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गढीमाई मेलामा सहभागी नभइदिन भन्दै भारतकी पूर्वमहिलामन्त्रीले लेखिन् उपराष्ट्रपतिलाई पत्र

काठमाडौँ | बाराको गढीमाईमा पाँच वर्षमा एक पटक लाग्ने मेलाको बेला हुने पशु बली कार्यक्रममा सहभागी नहुन भारतकी पूर्वमहिला तथा बाल विकास मन्त्री मनिका गान्धीले नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई पत्र लेखेकी छिन्।

उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्रमा पर्ने गढीमाई मेलामा पशु बली रोक्न सन् २०१९ मा नेपालका सर्वोच्च अदालतले दिएको आदेशको सम्मान गर्दै कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दै उनले यो पत्र लेखेकी हुन्। गान्धीले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान जनाउँदै जनावरप्रतिको संवेदनशीलतालाई ध्यान दिन र करुणाको सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गरेकी छन्।

गान्धी भारतकी पशु अधिकारकर्मी समेत हुन् । सर्वोच्च अदालतले २०७६ सालमा यो धार्मिक आस्थासँग जोडिएको विषय भएकाले तत्काल पशु बली रोक्न आदेश दिन नसकिएपनि यसलाई क्रमशः कम गर्दै हटाउन आदेश दिएको थियो । त्यसका लागि प्रबन्ध गर्न अदालतले सरकारलाई आदेश गरेको थियो ।

यद्यपि, आदेशपछि भएको बेला पनि झण्डै साढे २ लाख पुशपंक्षीको बली दिइएको थियो । भारतमा अदालतले बलीका लागि नेपालमा पशु लैजान रोक लगाएको थियो । यस्तोमा गान्धीले पत्रमा भनेकी छन्, ‘मैले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान व्यक्त गर्छु, तर सँगै हामीले जनवारको पनि संवेदनशीलतालाई ख्याल गर्ने वैश्विक सहमतिको पनि स्वीकार गर्नुपर्छ र करुणाको हाम्रो आधारभूत सिद्धान्तको पनि ख्याल राख्नुपर्छ, जसले हाम्रो सभ्यताको प्रतिबिम्ब दिन्छ ।’

गढीमाईमा हुने पशु बली रोक्न काम गरिरहेको ह्युमन सोसाइटी इन्टरनेश्नल, भारत का निर्देशक आलोकपर्णा सेन गुप्ताले पनि उपराष्ट्रपतिलाई कार्यक्रममा अनुपस्थित रहँदै जनावरप्रतिको क्रुरताको विरुद्ध उत्रिन आह्वान गरेका छन्। मंसिर १७ गते मेलाको उद्घाटन उपराष्ट्रपतिले नै गरेकाले यो विषय थप चर्चा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै