2026-07-06 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ।

शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी गुहारेका हुन्।

५ वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानव अधिकार हनन भएको समेत रास्वपाको ठहर छ। यसलाई निर्मम कदम भन्दै औचित्य पुष्टि गर्नुपर्ने रास्वपाको चुनौती छ।

‘रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन्। सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन्। अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेकोतर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं’, झाको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधानबमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ।’

रास्वपाले चितवन प्रहरीको हिरासतबाट राति नै कास्की प्रहरीको हिरासतमा लगिएको भन्दै आपत्ति पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने