2026-07-26 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ, बलात्कारसहित तीन वटा कसुरमा अनुसन्धान हुने

काठमाडौँ |  बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका थिए ।

एक स्थानीय युवतीको बलात्कारपछि हत्या र अर्का एक व्यक्तिको अपहरणपछि हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीवार वडाध्यक्षको शपथ लिइरहेका बेला साहलाई नियन्त्रणमा लिइएको हो ।

गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।

साहसहितका ओरोपीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो।  साहले उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हाले । उच्च अदालत जनकपुरले २०८० चैत ४ गते परमादेश जारी गर्दै ईप्रका कल्याणपुरलाई अनुसन्धान गर्न भन्यो । ईप्रकामा परमादेशको पत्र गत साउन ६ गते मात्रै पुग्यो । साउन १४ गते साहलगायतविरुद्ध मुद्दा नै दर्ता भयो ।

एसपी खतिवडाका अनुसार साह आफ्ना कर्तुतका बारेमा जान्दाजान्दै चुनावमा उठेको बताए । ‘म पनि एक महिनाअघि मात्रै सप्तरी हाजिर भएको हुँ । साहविरुद्ध पक्राउ पुर्जी जारी भएको मलाई रिपोर्टिङ थियो । थाहा पाएपछि तुरुन्तै पक्राउ गर्न लगाएँ,’ खतिवडाले भने, ‘साहलाई जिल्लामै ल्याएर अनुसन्धान गर्ने तयारीमा छौं ।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहमाथि बलात्कारसहित तीनवटा कसुरमा अनुसन्धान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ