कृष्ण खनाल/असार २२, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । 

बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/असार २२, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । 

बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुस"/>

2026-09-19 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवल उपमहानगरपालिकामा उदाए सुवेदी र आचार्य


कृष्ण खनाल/असार २२, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । 

बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उमेद्वार नेपाली काग्रेसका खेलराज पाण्डेलाई पराजीत गरेका हुन ।

 मेयर पदमा विजयी भएका नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका शिवराज सुवेदीले कुल २३ हजार २ सय ४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका बुटवल नगरसभापती समेत रहेका खेलराज पाण्डेले कुल २० हजार ८ सय ५४ मत पाएका थिए । सुवेदीले पाण्डेलाई कुल २ हजार ३ सय ९५ मतले पराजीत गरेका हुन ।

 यस्तै बुटवल उपमेयर पदमा नेकपा एमालेकी गोमादेवी आचार्य विजयी भएकी छिन् । आचार्यले  कुल २५ हजार ३ सय १ मत पाएकी थिईन् भने उनका निकटतम प्रतिस्पधी माओवादी र काग्रेस गठबन्धनका उमेद्वार जगत बहादुर पोखरेललाई पराजीत गरेकी हुन ।  पोखरेलको कुल मत १४  हजार ७  सय ९२ रहेको छ । 

उपमेयर पदमा कुल १० हजार ५ सय ९ मत अन्तर रहेको छ । बुटवल टुडे संग सक्षिप्त कुराकानी गर्दै विजयी उमेद्वार सुवेदीले जनताको भावनालाई समेट्दै बुटवल लाई देशकै उत्कृष्ठ नगरको रुपमा विकास गर्ने प्रतिवद्वता जनाए । उनले भने–‘बुटवल सुन्दर, समृद्ध सहर, देशकै नमुना सहर निर्माण गर्नेछौ ।’

यस्तै  मेयर पदमा पराजीत नेपाली काग्रेसका खेलराज पाण्डेले जनताको मतको सम्मान गर्दै  नगरको विकासमा हातेमालो गरेर अगाडी बढ्ने बताए ।  नेकपा एमालेले बुटवलको कुल १९  वडा मध्ये १६ वटा वडा सहित बहुसंख्यक पदमा विजयी भएको छ भने नेपाली काग्रेसले ३ वटा वडामा मात्रै वडा अध्यक्ष जितेको छ । वडा नम्बर १३ र १८ र १९ वडामा नेपाली काग्रेसले जितेको छ  भने १६ वटा वडामा एमालेले जित हासिल गरेको छ भने माओवादी केन्द्र ले कुनै पनि वडामा जित्न सकेन ।  

वडा स्तरमा जनमुक्ति संग बुटवल ७, ९ र १० गठबन्धन गरेपनि जनमुक्ति र काग्रेसका कुनै सदस्यले जित्न सकेन्न  ।  बुधवार सार्वजनिक भएको बुटवल वडा नम्बर १८ मा नेपाली काग्रेसका होमनाथ आचार्यले जितेका थिए । 

 बुटवलमा वडा नम्बर १९ मा कांग्रेसका  हिमबहादुर खत्री निर्वाचित भएका छन् । भने सो वडामा लक्ष्मी थारु, विना कुमारी दमाल नेपाली काग्रेसबाट वडा सदस्यमा जितेका हुन भने खुल्ला सदस्यमा नेकपा एमालेका कुमार थारुले जित हासिल गरेका हुन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई