2026-06-30 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिद्धार्थनगर नगरपालिकामा एमाले बिजयी

2017-07-06

असार २२, लुम्बिनी । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

२०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । 

एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित हुुनुभएको छ । उहाँले ६ हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका मातृकाप्रसाद यादवले पाँच हजार २५० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार १७२ मत प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकाकी माधवी शर्मा वाग्लेले पाँच हजार २२४ मत प्राप्त गर्नुभयो । 

यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले चार हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले तीन हजार ५१७ मत प्राप्त गर्नुभयो । माओवादीका फैज अहमद खाँले तीन हजार ४०७ र उपप्रमुखमा कमला थापाले तीन हजार १२९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रमुख र उपप्रमुखसहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ । 

त्यस्तै, नेका वडा नम्बर १, ६, ७, ८, १० र १२ मा विजयी भएको छ भने वडा नं ४ मा सङ्घीय समाजवादी फोरम नेपालले जितेको छ । १ नं वडाअध्यक्षमा नेकाका रमेश मल्ल, २ मा एमालेका दीपककुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा सङ्घीय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ नं मा एमालेका चेतबहादुर क्षेत्री, ६ नं मा नेकाका विनोद श्रीवास्तव, ७ नं मा नेकाकै भीमसेन कर्माचार्य विजयी हुनुभएको छ । 

त्यस्तै, वडा नम्बर ८ को वडाध्यक्षमा नेकाका राजनजङ्ग राणा, ९ नं मा एमालेका शेषकान्त भण्डारी, १० मा नेकाका विजयनाथ धोवी, ११ मा एमालेका दिलीप यादव, १२ मा नेकाका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिशप्रसाद मर्सानी विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ