2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छौं: प्रहरी

काठमाडौँ | कास्की जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो अनधिकृत रूपमा सार्वजनिक गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको उल्लेख गर्दै कास्की प्रहरीले यसमा संलग्नलाई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने बताएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा यो विषयले प्रहरीको व्यावसायिकतामा आँच पुर्‍याएको र साइबर अपराधसम्बन्धी कानुन उल्लंघन भएकाले संलग्नलाई कारबाही गरिने जनाइएको छ।

प्रहरीले गोपनीयता कायम गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याई अनुसन्धान अघि बढाइने बताएको छ। गृह मन्त्रालयले समेत यस विषयमा गम्भीर ध्यान दिँदै प्रहरी प्रमुखलाई छानबिन गर्न निर्देशन दिएको छ।

उक्त फोटो आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले आफूले सीसीटीभी मनिटरबाट खिचेको दाबी गरेका छन् । उक्त फोटो केही दिनअघि भुसालकै आईडीबाट पोस्ट भएर डिलिट गरिएको पनि पाइएको छ । भुसालले तस्बिर आफैले खिचेको र कसैलाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

प्रहरीले सूचना सम्प्रेषण गर्दा गोपनीयता र अनुसन्धानलाई प्रभावित नगर्ने गरी सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द