2026-09-11 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छौं: प्रहरी

काठमाडौँ | कास्की जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो अनधिकृत रूपमा सार्वजनिक गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको उल्लेख गर्दै कास्की प्रहरीले यसमा संलग्नलाई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने बताएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा यो विषयले प्रहरीको व्यावसायिकतामा आँच पुर्‍याएको र साइबर अपराधसम्बन्धी कानुन उल्लंघन भएकाले संलग्नलाई कारबाही गरिने जनाइएको छ।

प्रहरीले गोपनीयता कायम गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याई अनुसन्धान अघि बढाइने बताएको छ। गृह मन्त्रालयले समेत यस विषयमा गम्भीर ध्यान दिँदै प्रहरी प्रमुखलाई छानबिन गर्न निर्देशन दिएको छ।

उक्त फोटो आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले आफूले सीसीटीभी मनिटरबाट खिचेको दाबी गरेका छन् । उक्त फोटो केही दिनअघि भुसालकै आईडीबाट पोस्ट भएर डिलिट गरिएको पनि पाइएको छ । भुसालले तस्बिर आफैले खिचेको र कसैलाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

प्रहरीले सूचना सम्प्रेषण गर्दा गोपनीयता र अनुसन्धानलाई प्रभावित नगर्ने गरी सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस