2026-09-19 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पनि महिला हुन्थेनन’

नरी बडु/साउन २, बैतडी । अन्र्तपार्टी महिला संञ्जाल बैतडीले आयोजना गरेको महिला समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागि महिलाहरुले संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पदमा पनि महिलाहरुको सहभागिता हुन्थेन भन्ने निस्कर्ष निकालेको छ ।

जिल्लामा क्रियासिल कुनैपनि राजनीतिक दलले स्थानीय तहको प्रमुख पदमा महिलालाई टिकेट नदिएपछि उनिहरुले यस्तो निष्कर्ष निकालेका हुन् । अभिमुखिकरणमा सहभागि महिलाहरुले यदि उपप्रमुखमा महिला अनिवार्य भन्ने संविधानमा नलेखिएको भए आफुहरुलाई पुरुषबादी चिन्तन भएका व्यक्तिहरुले उपप्रमुख पनि नबनाउने बताएका छन् ।

अन्र्तपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्ट, सचिव कान्ता चन्द, सरस्वती नेपाली लगायतका महिला नेतृहरुले आफुहरुले प्रमुख पदमा लड्ने इच्छ्या राखेको भएपनि त्यो अवसर नपाएको गुनासो गरेका छन् ।

१० वटा स्थानीय तह रहेको यस जिल्लामा १० महिला उपप्रमुख पदमा निर्वाचित भएका छन् भने ८४ वडामध्ये १ जना महिलामात्रै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई पितृसत्तात्मक पुरुषवादी सोचका व्यक्तिहरुले अगाडी  बढ्न नदिएको गुनासो समेत गरेका छन् ।

आगामी पाँच वर्षमा प्रमुख पदककै लागि टिकेट लिने कसरतमा लाग्न आजै देखि लागि पर्ने समेत उनिहरुले अठोट गरेका छन् ।

कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफुहरुले महिलाहरुलाई प्रमुख पदमा उठाउन नसकेको स्यूकार गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई