काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन् ।
उनले आज तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यहीँ खाना खाएर तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उदघाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
तुलसीपुरको कार्यक्रमपछि उनी शहीदस्मृति आवासीय माविमा पुगेर त्यहाँ अध्ययनरत शहीदका सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको छलफल गर्ने तय भएको छ ।