नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण न"/>

2026-09-19 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रत छः ज्ञवाली

नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहानाअनुसार निर्वाचनका गतीविधिमा एमालेको ध्यान रहेको उहाँको भनाई छ ।

प्रेस चौतारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अन्य दलहरु सत्ता गठवन्धनमा व्यस्त भएपनि जनताको भावना अनुसार नेकमा एमाले निर्वाचनलाई सम्पन्न गर्नतर्फ लागिरहेको स्पष्ट पार्नुभयो ।

अहिले निर्वाचन महत्वमुर्ण भएकाले संविधान संसोधन लगायतका काममा लाग्न नहुने उहाँको भनाई छ । संविधान गतीसिल दस्तावेज भएपनि जनतामा चाहाना विपरित कुनै एक दलको चाहानामा संसोधन नहुने उहाँको भनाई छ ।

संविधानको निर्णायक शक्तिसंग कुनै सहकार्य नगरी ल्याईको संविधान संसोधन कुनै हालतमा पनि हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यकर्ता भेटघाटका लागि बैतडी पुग्नुभएका एमाले सचिव ज्ञवालीले काग्रेस र माओवादी गठवन्द अझै पनि चुनाव देखेर डराईरहेको आरोप लगाउनुभयो । राजपा लाई बाहाना बनाएर निर्वाचनका तगिविधिहरु प्रभावित गर्न तर्फ सत्ता साझेदार दल काग्रस र माओवादी आफै लागि रहेको उहाँको आरोम छ ।

दुई चरको निर्वाचनमा जसरी एमाले पहिलो शक्ति बन्यो त्यसरीनै तेश्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने सचिव ज्ञवालीको भनाई छ ।

गुण्डागर्दी शैलीमा गठबन्दन बनाएर एमालेलाई पराजित गर्ने मनसायका साथ चुनावमा सहभागि भएका काग्रेस र माओवादीले एमालेलाई पराजित गर्न नसक्ने उहाँको भनाई छ । साथै ज्ञवालीले विभिन्न पार्टी परित्याग गरी एमालेमा आएका १६ जना नेतालाई पनि एमाले प्रवेस गराएका छन् ।

सचिव ज्ञवालीका साथमा नेपाल पत्रकार महासंघका प्रदेश नं. ७ संयोजक प्रकास विक्रम साह पनि बैतडी पुग्नुभएको थियो ।

बुधबार डडेल्धुरा र बैतडीमा कार्यकर्ता भेटघाट गर्नुभएका ज्ञवालीले बिहीबार दार्चुलामा पनि कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई