2026-09-12 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरणमा एमाले नेता थापा पक्राउ, डेढ अर्ब हिनामिनाको आरोप

काठमाडौँ | सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् ।

उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।

थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता कार्यमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीका वर्तमान अध्यक्ष यमबहादुर रोकाले आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गर्दै ०८१ जेठ सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर थिए । उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए।

एमाले नेता थापा बेनी बजारमा रहेको बुद्ध एकेडेमीका सञ्चालकसमेत हुन् । उनले कुमारी सहकारीबाट उक्त विद्यालमा विना धितो १६ करोड रुपैयाँ लगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, थापालगायतको समूहरुले विना धितो सहकारीबाट पैसा लिएर जग्गामा लगानी गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस