2026-09-11 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेस नगर सभापति मृत फेला प्रकरणः पोस्टमार्टम रिपोर्टमा देखायो मुटुमा ‘अक्लुजन’

कञ्चनपुर | कञ्चनपुरमा मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले थप परीक्षण गर्ने भएको छ । भेरी प्रादेशिक अस्पतालको विज्ञ टोलीले गरेको पोस्टमार्टम रिपोर्टबाट मृत्युको ठोस कारण पत्ता नलागेपछि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु परीक्षण गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पोस्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोटपटक देखाएको छैन । ‘मुटुमा अक्लुजन भएको भनिएको छ,’ डीएसपी जोशीले भने, ‘सोही कारण थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु पठाएका छौँ ।’ चिकित्सकहरूका अनुसार मुटुमा अक्लुजन भनेको अवरोध हुनु हो । कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ स्थित सडकपेटीमा मृत फेला परेका थिए । त्यसको दोस्रो दिन भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीका अनुसार कलौनीले प्रयोग गर्दै आएको मोबाइल भने अझैसम्म भेटिएको छैन । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको थियो,’ डीएसपी जोशीले भने, ‘अर्को किप्याड मोबाइल भने अहिलेसम्म पनि भेटिएको छैन । वालेट पनि खल्तीबाट निकालेर शवको केही पर राखिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस