Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि …

२०८१, ४ फाल्गुन आईतवार १७:१३

काठमाडौँ | डा. सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान र रौतहट जिल्ला इन्चार्ज शेख जमसैदसहितका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

शनिवार जमसैदको घरमा भएको भेटघाटका क्रममा दुई जना व्यक्तिले ठूलो बन्दुक बोकेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि यस विषयले व्यापक चर्चा पायो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार सार्वजनिक भएको तस्बिरमा देखिएका बन्दुक तथा हतियार बोकेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती हतियार सरकारबाट इजाजतप्राप्त रहेको र हतियार बोक्ने दुवै जना जनमत पार्टीका पदाधिकारी रहेको खुलेको छ।

‘तत्कालका लागि ती हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदकै जिम्मा लगाइएको छ। अब प्रशासनको निर्देशनअनुसार थप कदम चालिनेछ,’ डिएसपी रायले जानकारी दिए।

यसैबीच, प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले प्रहरीले अनुसन्धान पूरा गरेपछि आवश्यक निर्णय लिइने बताएका छन्।

सो घटना पछि सामाजिक सञ्जालमा ती नेताहरूको आलोचना हुन थालेपछि जमसैदले उक्त फोटो तथा भिडियो हटाएका थिए। यस्तै, सर्वसाधारणले हतियार प्रदर्शन गर्दा कारबाही हुने तर राजनीतिक व्यक्तिहरूले गर्दा कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै