2026-11-01 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरका स्वतन्त्र समूहका देवकोटा भन्छन्– उम्मेदवारी नदिनका लागि धम्क्याए, उम्मेदवारी दिएपछि भलिबल खेलेजसरी कुटे

काठमाडौँ |  रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन्।

कुटपिटबाट देवकोटा घाइते भएका छन्। स्ववियु चुनावमा उनी स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिन पुगेका थिए। उनले सचिव पदमा उम्मेदवारी दिएका छन्।

देवकोटाले  भने,‘पहिला उम्मेदवारी नदिनका लागि धम्क्याएका थिए। तर, उम्मेदवारी दिएपछि आज भलिबल ग्राउन्डमा भलीबल खेले जसरी कुटेका छन्।’

उनीमाथि भएको कुटपिटको भिडिओ सीसीटीभीमा कैद भएको छ।

कुटपिट भएका देवकोटाको उपचार जारी रहेको विद्यार्थी बब्लु गुप्ताले जनाएका छन्।

उनले भने,‘आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पद्का उम्मेदवार दीपक देवकोटालाई सत्ता निकट एमालेको अनेरास्वबियुले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ।’

स्वतन्त्र विद्यार्थीसँग डराएर भौतिक आक्रमणमा उत्रीनु कयरता रहेको बताउँदै गुप्ताले देवकोटामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द