2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय कर्मचारी परिषद्ले सार्यो सातबुँदे माग

काठमाडौँ | नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेको छ । आज यहाँ आयाजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएको नौबुँदे सहमतिमा आफ्नो माग पूरा नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

उहाँले सातबुँदे माग राखी यही वैशाख २१ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ । शिक्षक र कर्मचारीबीच विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्नुुपर्ने, तलबमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमा शिक्षा ऐन जारी गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।

पत्रकार सम्मेलनमा बब्बन मिश्राको संयोजक र दीप खतिवडाको सहसंयोजक रहेको १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले यही वैशाख २१ देखि जेठ ३ गतेसम्म कालोपपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेका दिन ७५३ वटा स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते शिक्षा, विकास तथा समन्वय इकाइमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षणपत्र बुझाउने, जेठ ७ गते प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौँमा सडक आन्दोलनको घोषणा गरेको छ ।

सरकार र शिक्षकबीच गत वैशाख १७ गते नौबुँदे सहमति भएपछि गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई