साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्न"/>

2026-07-01 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष प्रचण्डसहित दुई मन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै राजधानीबाट हेलिकप्टरमा सप्तरी आएका गृहमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री शिवकुमार मण्डलले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका–१५ देउरी भरुवाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । 

सो दुई ठाउँको निरीक्षण गर्दै (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्दार र पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा आफ्नो पार्टीले पनि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बाढीले ठूलो क्षति गरेकाले राहतमा कुनै कमी हुन नदिने भन्नुभयो । 


तराई–मधेश, हिमाल, पहाड जहाँका जनता भए पनि आपतविपद् परेका बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै पहाडमा भूकम्प जाँदा तराईका जनताले निकै ठूलो हृदयले सहयोग गरे जस्तै अहिले तराईमा विपद् पर्दा पहाडका जनताले पनि सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 

सप्तरीको इनर्वा पुगेका गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावितका लागि खाद्यान्नलगायत राहत सामग्रीको अभाव नरहेको बताउँदै राहत वितरण प्रक्रियामा चारैतिर डुबान रहेका कारण बाटोको समस्याले राहत वितरण र व्यवस्थित गर्न समस्या भइरहेको बताउनुभयो । 

गृहमन्त्री शर्माले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको विषयमा कूटनीतिकस्तरमा समेत छलफल भइरहेको जानकारी दिनुभयो । 

यस्तै, आपूर्तिमन्त्री मण्डलले तत्काल बाढीपीडितका लागि राहत सामग्रीको अभाव नरहेको बताउँदै चामल सहितको राहत तत्कालै पठाउनुपर्नेमा सामग्री पठाइसकिएको र समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मी पनि व्यापकरुपमा परिचालन गरिएको उहाँहरुले बताउनुभयो । 


अध्यक्ष प्रचण्डसहितको दुई मन्त्रीको टोलीले इनर्वाका ७० जना दलित परिवारलाई चामल, चाउचाउ, नून र पानी वितरण गरेको थियो । बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले रु दुई लाख दिने निर्णय गरेको भन्दै यसलाई बढाउनुपर्नेमा बाढीपीडितहरुले जोड दिएका छन् । 

यसैबीच, उहाँहरुले एक हप्ता अगाडि बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ