2026-09-11 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन्।

‘साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ। जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,’ उनले भने, ‘०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ।’ त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस-एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्‍याएको आरोप लगाए।

‘बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे। तर पनि हामीले खबरदारी गरिरहेका छौँ। सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ। पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो। त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो। धेरै भ्रष्टाचार काम अघि बढाउँदैछन्। भूमि अध्यादेश हेरौँ। गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन्। यो गलत दिशातिर सरकार गएको छ। हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ।’

उनले कांग्रेस र एमालेसँग मिलेर भन्दा एक्लै चुनाव लड्दा उपनिर्वाचनमा पहिलो पार्टी बनेको उनको दाबी छ। उनले अब एक्लै चुनाव लड्न सक्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस