2026-09-12 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओवादी केन्द्र दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने’

भदौ १३, लहान | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । 

विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेश्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गर्नुभएको हो । 

अध्यक्ष दाहालले “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं भन्नुभयो ।” 

हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, उहाँले भन्नुभयो– “तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन् ।” 

अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताउनुभयो । 

मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गर्नुभयो । 

सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा