३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख

३१ जेष्ठ २०८२, शुक्रबार १७:५०

काठमाडौँ । कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राखिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका सांसदले उठेर नाराबाजी गर्दागर्दै पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेका हुन्।

बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले मानव तस्कर मुर्दाबाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइरहेका थिए। उनीहरूले होहल्ला गर्दा पनि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्न दिएका हुन्।

भिसिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गृहमन्त्री लेखकले गरे। उनले छानबिन प्रक्रियामा सघाउन आफूले सक्दो सहयोग गर्ने पनि बताए। उनले आफूमाथि मानव तस्करीको आरोप लगाएर राजनीतिक चरित्रहत्या गर्न खोजेको पनि बताए।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३५ मा बैठक कक्षभित्र अव्यवस्था भएमा वा हुन लागेमा वा बैठक नियमित रूपले सञ्चालन गर्न बाधा पर्ने देखिएमा सभामुखले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मको लागि बैठक स्थगित गर्न सक्नेछ।

सभामुखले गरेको त्यस्तो स्थगनमाथि कुनै सदस्यले प्रश्न उठाउन पाउनेछैन भन्ने व्यवस्था छ।

यसअघि शुक्रबार नै सत्ताधारी दल नेकपा एमाले र कांग्रेस तथा माओवादीबीच बैठक सञ्चालनका विषयमा दुईबुँदे सहमति भएको थियो। उक्त सहमतिमा प्रतिपक्षी माओवादी, एकीकृत समाजवादी, आमजनता पार्टीले सहमति जनाए पनि रास्वपा र राप्रपाले विरोध जनाएका छन्। सहमतिमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे र उनीमाथिको छानबिनबारे केही उल्लेख छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ