2026-09-12 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

‘साउथ इन्डियन हिरो’ जस्ता लाग्ने रहबर ‘साउथ नेपाल’मा हिरो बन्लान् ?

भदौ २६, बिरगंज | यी हुन् बिरगंज महानगरपालिकाका मेयर पदमा उम्मेदवार रहबर अन्सारी  । यिनी आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको निर्वाचनमा उत्साहको साथ चुनावी दौडमा छन् । 

शैक्षिक तथा बौद्धिक रुपमा निकै अगाडी रहेका रहवर एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना सहित उम्मेदवार बनेको बताउँछन् । ३१ बर्षीय रहवरले बिरगंजमा समृद्धिको लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरिसकेका अन्सारी युवाहरु माझ लोकप्रिय त यसैपनि छन् त्यसमा पनि अहिले उम्मेदवार उठेपछि उनको चर्चा निकै चुलिएको छ ।

केहि युवा त उनको स्ट्रक्चर र स्टाइलको प्रशंसा गर्दै ‘साउथ इन्डियन हिरो’ को उपमा समेत दिएका छन् । उनको लगाई र हिडाईको स्टाइल एउटा अनुभवी ‘लिडर’को भन्दा कम छैन । त्यसमा पनि उनि राजनीतिक रुपमा निखारिदै, शैक्षिक रुपमा पनि राजनीतिलाई नै केन्द्रविन्दुमा राखेर अघि बढेका हुनाले छिट्टै धेरैको नजरमा पर्न सफल भएका छन् । अब उनको चर्चा साउथ नेपालमा असोज २ पछी चुलिन्छ वा घट्छ हेर्न भने बाँकी छ । बिरगंजका जनताले उनको नेतृत्वलाई स्वीकार गर्लान् वा नगर्लान् अहिलेनै भन्न नसकेपनि रहबरले भने बिरगंजमा युवाको साथ पाउने विश्वास गर्दै जित्ने दावी गरेका छन् ।

आफ्नो प्राथमिकता युवा भएको बताउने रहवर बिरगंजको अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन चाहन्छन् । उनको नारा नै छ – ‘करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु’ । त्यस्तै वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने उनको योजना छ । त्यस्तै अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब पनि उनको मुख्य प्राथमिकतामा छ । 

यस्ता छन् बिरगंज महानगरमा रहबरका योजना: 




राजनीतिक भाषणमा मात्र नभई ब्यबहारमै पनि रहवर सक्रिय छन् । उनले बिरगंजलाई समृद्ध बनाउने अभियानमा युवाले साथ दिने विश्वास समेत व्यक्त गरेका छन् । अहिलेसम्म राजनीतिको कारण युवा-युवाबीच दरार आईरहेको अवस्थामा रहवरले युवा-युवा बीच एकताको वातावरण बनाउने समेत दावी गरे । त्यस्तै बिरगंज महानगरको प्रशासनिक काम अनलाइन सिस्टममा लाने उनको योजना छ । 
माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य उनलाई भदौ २ गतेको माओवादी केन्द्रको निर्णयले वीरगञ्ज महानगरको मेयर उम्मेदवार घोषणा गरेको थियो । पर्सा जिल्लामा माओवादी केन्द्रको स्थिति त्यति राम्रो नभएपनि युवा नेतृत्वलाई छान्ने उनको विश्वास छ । हारेपनि उनले यो नै अन्तिम लडाई नभएको बताएका छन् । उनले भनेका छन् – ‘उम्मेदवारको योग्यता र क्षमतालाई चिन्नुपर्छ।’ 

अहिले रहबर निर्वाचनको दौडमा छन् । जनतासँग आफुलाई जिताउन भन्दै भोट माग्ने कार्यमा उनि निकै व्यस्त देखिन्छन् । 

बिरगंज महानगरमा निर्वाचनका लागि कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार अजय द्विवेदी र एमालेबाट बसुरुद्धिन अन्सारी चुनावी प्रतिश्पर्धामा छन् । त्यस्तै अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगी, राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियार पनि चुनावी प्रतिष्पर्धामा छन् ।

वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५०१ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले