2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैको ध्यानाकर्षण रहेको वीरगञ्ज महानगरमा पनि मतगणना सुरू भयो (अपडेट)

असोज ३, वीरगञ्ज | निकै महत्वका साथ् हेरिएको बिरगंज महानगरपालिकाको मतगणना भर्खरैबाट सुरु भएको छ । तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको एक मात्र महानगरपालिका वीरगञ्जमा भर्खरैदेखि मतगणना सुरू भएको हो ।

वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू गरिएको छ । माहानगरको मतगणना स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरू भएको छ । 

वीरगञ्ज नगरप्रमुखमा नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, नेपाली कांग्रेसबाट अजय द्विवेदी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी दुई नगरपालिका तथा १० वटा गाउँपालिका छन् । दुई लाख ८० हजार १११ मतदाता रहेका छन् । 

यसैबीच पर्सा जिल्लाको ४ स्थानीय तहमा एमालेको अग्रता छ बहने कांग्रेस र माओवादी १/१ ठाउँमा अगाडि छन् । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

पर्सामा एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै माओवादीको अग्रता ठोरी गाउँपालिकामा छ । उता कालिकामाई गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ