2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगन्ज महानगरको ताजा परिणाम: १६०० मत गन्दा कसको कति ?

असोज ३, बीरगंज | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ ।

ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६०० मत गणना भएपछि सार्वजनिक भएको मतपरिणाम अनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ४४६ मत ल्याएर सबैभन्दा अग्र स्थानमा छन् ।

त्यस्तै दोस्रो स्थानमा राजपाका उम्मेदवार राजेशमान सिंहले ३८० मत पाएका छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले २४३ मत पाएका छन् । 

यस्तै, चौथो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले १७६ मत पाएका छन् । 

त्यस्तै पाँचौ स्थानमा रहेको फोरम लोकतान्त्रिकका उम्मेदवारले विमल श्रीवास्तवले १२० मत पाएका छन् । 

त्यस्तै एमाले उम्मेदवार बशरुद्दिन अन्सारीले ८८ मत पाएर छैटौं स्थानमा छन् ।

बिरगंज महानगरमा उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवार शान्ति कार्कीले ४६२, राजपा उम्मेदवार रम्भा मिश्राले ३९२, संघीय समाजवादी फोरमकि पिंकी यादवले २४४, माओवादी उम्मेदवार दुर्गा क्षेत्रीले १६३, एमाले उम्मेदवार सोफिया आचार्यले ९६ मत र फोरम लोकतान्त्रिककि उम्मेदवार अनितादेवी यादवले ९३ मत पाएकि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ