2026-07-04 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्यु

2017-09-21

असोज ५, रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । 

काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो । 

बुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

सोही विषय लिएर राति करिब ९ बजे घर पुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो । 

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुटा यादव, अनुठा यादव र बैजु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ । 

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गएराति काँग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोट कै विषय लिएर भएको झगडा छुट्याउन गएका रामपुकार माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो