२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साको धोनवी गापामा काँग्रेस र सखुवाप्रसौनी गापामा फोरमका उम्मेदवार विजयी

२०७४, ७ आश्विन शनिबार १४:०२

असोज ७, पर्सा । पर्साको धोवनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएको छ । 

आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्र्यालयले जनाएको छ । 

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

मतगणनाको अन्तिम नतिजाअनुसार फोरम नेपालका अध्यक्ष पदका उम्मेदवार प्रदीप जैसवाल र उपाध्यक्षमा फोरम नेपालकै फूलमतिकुमारी थरुइन विजयी हुनुभएको छ । 

अध्यक्ष पदमा फोरम नेपालका जैसवालले तीन हजार ६५७ मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज गिरीले दुई हजार ६१४ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी उपाध्यक्षमा फोरमकी थरुइनले तीन हजार ६७२ मत हासिल गरी विजयी हनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी केदारकुमारी विश्वकर्माले दुई हजार ८५१ मत हासिल गरेको निर्वाचन कार्यालयले बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो