2026-09-12 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहटको गरुडा नगरपालिकामा प्रमुखमा फोरम उपप्रमुखमा काँग्रेस बिजयी

असोज ९, रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ । 

आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८०३ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी उपप्रमुख रंगिला देवीले चार हजार ६०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दुु देवीले चार हजार २७६ मत प्राप्त गर्नुभएको थियो । 

यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या चार पुगेको छ । जिल्लाभरिका कूल १८ स्थानीय तहका लागि भएको निर्वाचनमा गरुडा नपासँगै बौधीमाई, माधव नारायण, देवाही गोनाही नगरपालिकाको प्रमुखमा फोरमका उम्मेदवार विजयी भएका छन् । 

चन्द्रपुर, परोहा, गढीमाई, फतुआ विजयपुर, राजदेवी, बृन्दावन, राजपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकालगायत आठ स्थानमा काँग्रेस प्रमुख पदमा निर्वाचित भएको छ । 

त्यसैगरी माओवादी केन्द्र मौलापुर नगरपालिका, कटहरिया नगरपालिका र यमुनामाई गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । गौर नगरपालिका, गुजरा नगरपालिकामा राजपा र इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम प्रमुखमा विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह