2026-07-02 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

2017-10-10

असोज २४, धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हँुदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गर्नुभएको हो । 

डा यादवले भन्नुभयो, “निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ ।” 

उहाँले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् भन्नुभयो । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै डा यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिनुभयो । 

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै डा यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिनुभयो । 

सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले इतिहासले दिएको निर्वाचनको जिम्मेवारीलाई तोकिएकै समयमा पूरा गर्न आयोग दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस्, वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था नआओस्, निर्वाचनलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित काम गर्नुस् । समन्वय र सहमति कायम गरेर काम गर्नुस् ।” 

निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पुनःनिर्वाचन गर्ने अवस्था सिर्जना नगर्न तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिनुभयो । 

संयुक्त राष्ट्रसंघीय निर्वाचन सहायता परियोजना निर्देशक भिनसेन्ट क्रुजले स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमा सफल भएकामा बधाई ज्ञापन गर्दै आगामी निर्वाचनको सफलताको कामना गर्नुभयो । 

आयोगका सहसचिव नवराज ढकालले नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भइरहेका निर्वाचनको ऐतिहासिक जिम्मेवारी र संकल्प पूरा गर्न आयोग दृढ रहेको बताउनुभयो । 

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले प्रमुख कार्यभारका रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सबै पक्षबीच समन्वय र सहयोग हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

उक्त प्रशिक्षणमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी र उपमहालेखा परीक्षक बाबुराम गौतमले आचारसंहिताको पालना, आर्थिक अनुशासन र पारदर्र्शिताका विषयमा आज प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, नौ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक