2026-07-04 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरे, को-को परे ?

कात्तिक १, बैतडी (रासस) | आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् ।

नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा (एमाले)ले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ। नेकपा (माओवादी केन्द्र)ले भने जिल्लामै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आकांक्षीको नाम केन्द्रीय समितिमा पठाएको छ।

प्रदेश सभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा तीन सिटका लागि काँग्रेसमा २८ जना आकांक्षी देखिएका छन्।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारका आकांक्षीमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन्। प्रतिनिधिसभा समानुपातिक खुलामा नरेन्द्रबहादुर बम, प्रतापसिंह ठगुन्ना, रमेशदत्त पाण्डेय र राजबहादुर चन्द रहेका छन्।

प्रतिनिधि सभा समानुपातिक समावेशीमा माया बोहरा, जानकी भट्ट, विष्ना जोशी र किरण राई आकांक्षी रहेका छन् ।

यस्तै प्रदेश सभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रदेश सभा समानुपातिक खुल्लामा विष्णुदत्त अवस्थी, पूर्णबहादुर बोहरा, हरिस विष्ट, विष्णुप्रसाद भट्ट, प्रेमराज पन्त, दीपकबहादुर बम, जोगासिंह साउद, गौरीसिंह रावल, खगेन्द्रसिंह धामी, कर्णबहादुर बोहरा, इन्द्रसिंह ऐर र अमरबहादुर विष्ट आकांक्षी देखिएका छन् । 

प्रदेश सभा समानुपातिक समावेशीमा रमेश राम कोली, टेकबहादुर लुहार, मानबहादुर ऐर, मीना धानुक र जयन्ती कुँवर (भण्डारी) रहेका छन् ।

प्रदेश सभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेश सिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द रहेका छन् ।

यता एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सातजना उम्मेदवारका आकांक्षी देखिएका छन्। एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, पूर्व जिविस सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिस गरिएको उनले बताए।

यस्तै, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट सुरेन्द्र पाल र क्षेत्र नं २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ पुरनसिंह दयाल, माया भट्ट र जयानन्द जोशीको नाम सिफारिस गरिएको छ।

प्रदेशसभाका लागि समानुपातिकतर्फ जानकी अवस्थी, प्रेम लुहार, धाना धामी, पार्वती भट्ट, लालसिंह कार्की, केशव पन्त, राजु भुल र चन्द्रा लुहारको नाम सिफारिस गरिएको एमाले बैतडीले जनाएको छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) ले भने जिल्लाबाटै सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसांसद एवं पार्टी जिल्ला इञ्चार्ज नरेन्द्र कँुवर (विजयसुन्दर) लाई अघि सारेको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसांसद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको छ । प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मा (शान) उम्मेदवार रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार सिफारिस गरेको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बैतडीबाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिफारिस भएका छन्।

बैतडीको सुर्नया गाउँपालिका–२ वासुलिङका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको हो। पूर्वप्रधानमन्त्री चन्दसँग उनका छोरा पूर्व वाणिज्यमन्त्री जयन्त चन्दको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ।

यसका साथै नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधिसभाको प्रत्यक्षका लागि सिफारिस गरिएको छ। पूर्व वाणिज्यमन्त्री जयन्त चन्दको नाम प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका लागि पनि सिफारिस गरिएको छ।

प्रदेशसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ  चन्द्रकला साउद, हेमराज लेखक, जीतसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ।

प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यका लागि भने दुवै क्षेत्रको केही दिनभित्रै उममेदवार सिफारिस गरिने राप्रपा बैतडीले जनाएको छ। नेकपा माले, नयाँ शक्ति नेपाल पार्टी, विवेकशील साझा पार्टीलगायत अन्य साना दलहरू भने उम्मेदवारको खोजीमा रहेका छन्।

एक लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो