2026-09-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कमल गिरि वचाउ अभियानद्धारा सहयोग रकम हस्तान्तरण

प्रेम सुनार/कात्तिक ९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदी अमराई वालुवाका कमल गिरिको उपचारका लागी विदेशमा रहेका नेपालीहरुको तर्फवाट ३ लाख ८१ हजार हस्तान्तरण गरिएको छ । 

कमल गिरि वचाउ अभियान अन्तर्गत सहयोग रकम संकलन गरि आज औपचारीक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो । पौदिअमराईमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विदेशि भूमिमा पसिना संग साटेको रकम उठाउने कुरा सहज नभएको र मानविय नाताले आफ्नो खर्च कटाई सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्नुभएको थियो ।

सापकोटाले अभियानका संयोजक कृष्ण खत्रि र संचारमाध्ययमवाट घटनालाई वाहिर पुर्याउने आझेलका खवर संचालक पत्रकार प्रेम सुनारलाई धन्यवाद दिनुभएको थियो। २ वर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका २२ वर्षिया कमल गिरिको भरतपुरमा रहेको चितवन मेडिकल उपचार भैरहेको र आर्थिक अभाव भएपछि कमल वचाउ अभियान सुरु गरिएको थियो । 

अभियानको तर्फवाट ४ लाख ७१ हजार वढि रकम वोल भएपनि ३ लाख ८१ हजार नगद जम्मा भएकोले सो रकम हस्तान्तरण गरिएको हो।

सो अभियान आझेलका खवर तथा पत्रकार प्रेम सुनार मार्फत सुभारम्भ गरिएको थियो। आझेलका खवर मार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पिडितहरुले उपचार पाउँदै आएका छन् । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार, स्थानिय वुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. १ का अध्यक्ष पुर्ण वहादुर हितानको अध्यक्षता, पूर्व वडा नागरिक मंचका संयोजक इश्वरा गिरिको स्वागत मन्तव्य तथा शिक्षक दिपक गिरिको संचालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली