२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा किन भयो मतदाता शिक्षा कार्यक्रम स्थगित ?

२०७४, १४ कार्तिक मंगलवार ०३:०९

कात्तिक १४, बैतडी । बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ । 

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो । 

निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ । 

यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालीम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा स्वयंसेवकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत कसरी दिने, कसरी बदर कम गर्ने भन्ने विषयमा सम्पूर्ण मतदातालाई सिकाउने बताइएको छ । 

यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो । यसका साथै मतदाता शिक्षा कार्यक्रम भए÷नभएको बारेमा सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतले अनुगमन गर्ने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन् । 

विसं २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी