2026-09-19 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा महिला उम्मेदवारी शून्य, तीन सिटमा लागि १२ जना प्रतिस्पर्धामा

विनोदसिंह विष्ट/कात्तिक १६, बैतडी । प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ । 

उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेदवारी नपरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताउनुभयो । 

मुख्य राजनीतिक दलहरुले महिला नेतृत्वलाई स्वीकार गर्न नसकेकाले राष्ट्रिय राजनीतिमा महिलाको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । राजनीतिक दलहरुले महिला नेतृत्वलाई विश्वास नगरेकै कारण महिलाको राष्ट्रिय राजनीतिमा पहुँच पुग्न नसकेको महिला अधिकारकर्मीले बताएका छन् । 

राज्यका हरेक निकायमा महिला ३३ प्रतिशत सहभागिता हुनुपर्ने कानून भए पनि नेपालमा यसो नभएको बैतडीका महिला अधिकारकर्मीले बताएका छन् । 

महिला अधिकार र सहभागिताका कुरा कागजमा मात्रै सीमित हुँदा महिलाको सहभागिता हुन नसकेका उनीहरुको भनाइ छ । आगामी मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य भएकामा महिलाले आपत्ति जनाएका छन् । 

महिलालाई जहिले पनि कोटामा मात्रै सीमित पार्ने परिपाटीले महिलाको सहभागिता न्यून हुने गरेको महिला अधिकारकर्मी कान्ता चन्दले बताउनुभयो । बैतडीमा कुनै पनि पार्टीबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य हुनु दुःखको कुरा भएको उहाँले बताउनुभयो । अझै पनि समाजमा पितृसत्तात्मक सोच हाबी भएकाले निर्णयात्मक भूमिकामा महिलालाई पछाडि पार्ने गरेको पार्वती भट्टले बताउनुभयो । 

स्थानीय तहको चुनावमा पनि बैतडीका सबै तहमा महिला उपप्रमुख र उपाध्यक्षमा सीमित पारिएका थिए । 

स्थानीय तहको निर्वाचनमा १० तह रहेको बैतडीमा कुनै पनि तहमा महिलालाई प्रमुखमा टिकट दिइएन भने जिल्लामा रहेको ८४ वडामध्ये एकमा मात्रै महिलाले वडाध्यक्षको टिकट पाएका थिए । 

बैतडीमा तीन सिटमा लागि १२ जना प्रतिस्पर्धामा 

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना प्रतिस्पर्धामा रहेका छन् जसमध्ये प्रतिनिधि सभाको १ पदका लागि ५ जना उम्मेदवार बनेका छन् । प्रदेश सभाका लागि क्षेत्र नं १ मा एक पदका लागि पनि पाँचजना र क्षेत्र नं २ मा एक पदका लागि दुईजना भिडिरहेका छन् । 

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन् । 

यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं १ लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

यस्तै, प्रदेश सभाअन्तर्गत क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् । चुनावलाई लक्ष्य गरेर बैतडीमा सबै राजनीतिक दलहरुले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो