२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सर्वसाधारणद्वारा हतियार बुझाउन अटेरी

२०७४, १९ कार्तिक आईतवार ०३:०४

कात्तिक १९, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् । 

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको थियो । 

प्रशासनले नजिकका प्रहरी एकाई तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरे पनि म्याद सकिँदासम्म ९८ जनाले मात्र बुझाएको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । बैतडीमा भरुवा बन्दुक, बाह्बोर,बाइसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ इजाजत प्राप्त हतियार रहेका छन् । 

हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउनुभयो । हतियार नबुझाउने ब्यक्तिको हतियार जफत गर्ने तथा नवीकरणसमेत नहुने बताइएको छ । हतियार बुझाउन बाँकी रहेका व्यक्तिले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ । 

घरेलु मदिरा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउँदै सूचनाको अवज्ञा गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी