2026-07-25 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा चुनावी प्रचारको आफ्ना-आफ्ना तरिका

सागर रिजाल | कात्तिक २१, प्यूठान | मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अघि बढाएका छन् । उम्मेदवारी दर्ता गरे लगत्तै जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अगाडी बढाएका हुन् । संयुक्त बाम गठबन्धनले चुनावी प्रचारलाई प्रभावकारी बनाउन संयुक्त निर्वाचन परिचालन कमिटी बनाउन थालेको छ ।

जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तीन जना उम्मेदवार बाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । तीन वटै पार्टीका नेता/कार्यकर्तालाई समेटेर गठबन्धनले पालिका स्तरीय कमिटी बनाउन थालेको हो । ‘जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ,’ नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले भन्नुभयो,‘गाउपालिका, नगरपालिकामा पनि कमिटी बन्दैछन् ।’ तीन वटै दलका नेता कार्यकर्तालाई संयुक्त रुपमा परिचालन गर्नेगरि कमिटी बनाइएको उहाँले बताउनुभयो । 

बाम गठबन्धनबाट प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेल, प्रदेश सभामा एमाले नेता हरि रिजाल र माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का उम्मेदवार बन्नुभएको छ । तीनै जना उम्मेदवारले आ–आफ्नो पार्टीको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । कमिटी गठनसँगै चुनावी प्रचार शुरु भएको राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । ‘प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई र समानुपातिकमा आफ्नो पार्टीलाई भोट हाल्न निर्देशन दिएका छौं ।’ उहाँले भन्नुभयो ।

कांग्रेस उमेद्वारको मतदाता भेटघाटमा तिव्रता

 नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा प्रा डा. गोविन्दराज पोख्रेल, प्रदेश सभामा टेक प्रसाद भण्डारी र अमरप्रसाद भण्डारीले उम्मेदवारी दिनुभएको छ । डा. पोख्रेल अहिले उत्तरी प्यूठानका क्षेत्रहरुमा मतदाताहरुसँग भेटघाटमा व्यस्त रहेको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । 

चुनाव प्रचारका लागि जिल्ला र क्षेत्र स्तरीय तीन वटा समिति गठन गरेको नेपाली कांग्रेसले जनाएको छ । चुनावी सभा भन्दा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले चुनावी अभियान अगाडी बढाइएको नेपाली कांग्रेसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक