2026-07-03 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावपछि वाम गठबन्धन समाप्त हुन्छ: बडू

2017-11-09

कात्तिक २३, दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताउनुभएको छ । 

नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उहाँले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गर्नुभयो । 

“वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उहाँले भन्नुभयो । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उहाँको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताउनुभयो । 

“लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ,” उहाँले भन्नुभयो । कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको उहाँले आरोप लगाउनुभयो । संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो ।  “कांग्रेस हार्दा जिल्लाको विकासमा बाधा पुग्छ, त्यसैले अबको चुनावमा कांग्रेस जित्छ,” उहाँले भन्नुभयो । 

आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले महाकाली र चौलानी नदीलाई राष्ट्रिय तीर्थस्थल बनाइने बताउनुभयो । 

प्रदेश सभा ‘क’ का उम्मेदवार मदन गिरीले वाम गठबन्धनप्रति जनताको विश्वास गुमेकाले आफूलगायत काँग्रेसका सम्पूर्ण उम्मेदवारले जित्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक