Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्ता छन् सिन्धुपाल्चोकका चुनावी एजेण्डा

२०७४, ३० कार्तिक बिहीबार ०४:२६

कात्तिक ३०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरु मतदाताको घरघरमा पुग्न थालेका छन् । 

भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने योजनासहित चुनावी मैदानमा उत्रिएका छन् । 

मुख्य दुई लोकतान्त्रिक र वाम गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभामा कडा प्रतिस्पर्धा देखिए पनि अन्य केही साना दलहरुले समेत केही विकासका योजनालाई चुनावको मुख्य आधार बनाएका छन् । 

कुल मतदाता संख्या ५८ हजार ४४६ रहेको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार निमा लामाले प्रदेश र समग्र सिन्धुपाल्चोकका तीर्थस्थललाई पर्यटकीयस्थल घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर मेलम्चीलगायतको क्षेत्रमा विकास गर्नेमा जोड दिनुभएको छ । 

आफ्नो प्रदेश र मेलम्ची क्षेत्रको युवामा नयाँ योजनासहित अहिले पनि पर्यटन तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका लामाले यसलाई अझै विकास गरी गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो । 

आफ्ना प्रतिद्वन्द्वी वाम गठबन्धनसँग पर्यटन विकासको कुनै योजना नरहेको बताउँदै लामाले लामो समयदेखि आफू पर्यटन क्षेत्रमा काम गर्दै आएको र आफूसँग पर्यटन विकास र प्रवद्र्धन गर्ने भिजन भएको बताउनुभयो । 

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्षसमेत रहेका तथा प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पशुपति सम्शेर राणा र लामाले यतिबेला सिन्धुपाल्चोक विकास गर्न पर्यटकीयस्थलको निर्माण, कृषिमा व्यवसायीकरण, स्याउ खेतीको विकास र इन्द्रावती नदीमा ¥याफ्टिङ सञ्चालनमा लागि पर्ने बताउनुभएको छ । 

वाम गठबन्धनका उम्मेदवार पनि सडक यातायातको विस्तार र विकास गर्ने पुरानै योजनासहित घरदैलो अभियानमा लागेका छन् । यसअघि पनि पुरानै विषयलाई लिएर चुनावमा देखिएका वाम गठबन्धनबाट प्रतिनिधिसभा २ का उम्मेदवार शेरबहादुर तामाङ र प्रदेशसभा क र ख का उम्मेदवार क्रमशः युवराज दुलाल र दावा तामाङ पनि पुरानै एजेण्डा लिएर अगाडि बढेका देखिन्छन् । 

सम्पूर्ण सिन्धुको विकासको मार्गदर्शन पर्यटनबाहेक तीव्रगतिमा विकास गर्ने अर्को विकल्प नरहेको र आम सिन्धुवासीले पनि पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले पर्यटकीय नगरी बनाउनुपर्ने मेलम्ची नगरपालिका–१ भोटेचौरका सुरज चौलागाईँ बताउनुहुन्छ । 

लामाले आफू चुनावमा जिते वा हारे पनि पाँचपोखरी, मेलम्ची भ्याली, भोटेचौर चियाबगान र अन्य रमणीय स्थान र पर्यटकीय मार्ग बनाउने स्थान रहेकोले यसलाई पर्यटकीय नगरीकारुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

हिजो आफू उम्मेदवार नहुँदा पनि मानेखर्कको स्वास्थ्य संस्था, वाँसखर्क, वरुवा, थाङपालढाप र कोटमा बनाएका विद्यालय र सहयोग, सरस्वती उच्च मावि, ग्याल्थुममा गरेको कामका साथै पर्यटन क्षेत्रका लागि गरेको कार्यको जनताले राम्रो मूल्यांकन गर्नेमा आफू ढुक्क भएको लामा बताउनुुहुन्छ । 

मत माग्दै गुन्सा पुगेका लामाले मेलम्चीदेखि भोताङ र मेलम्चीदेखि तिम्बुसम्म तथा बाँहुनेपाटीदेखि पाटी भञ्ज्याङसम्म दुई वर्षभित्रमा बाटो कालोपत्रे गर्ने एजेण्डा रहेको बताएपछि गुन्साका आकाश तामाङले खुशी हुँदै पहिलेको भन्दा सडक दुर्घटनामा कमी आउने बताउनुभयो । 

स्मरण रहोस्, सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदवारीका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट पशुपति शमशेर राणा र वाम गठबन्धनका तर्फबाट शेरबहादुर तामाङ रहनुभएको छ भने प्रदेशसभा २ को (क) मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट क्रमशः विकास तामाङ र युवराज दुलाल र (ख) मा निमा लामा र दावा तामाङ रहनुभएको छ । आदित्य दाहाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश