2026-06-26 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका उम्मेदवारको घरमा बम विष्फोट, स्थानीय आतंकित

मंसिर ५, वीरगञ्ज । एमाले पर्साका प्रदेशसभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरमा बम विष्फोट भएको छ ।

बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका संसदको घरको पूर्वपट्टी झ्यालको तल बम विष्फोट भएको हो ।  बम विष्फोटपछी स्थानीय आतंकित बनेका छन् । बम बिष्फोटको बेला उम्मेदवार साह घर बाहिर थिए तर घरमा छोरा, बुहारी, नाति नातिनीहरु थिए । बम मंगलबार साँझ सवा ७ बजेतिर विष्फोट भएको हो ।

घरको झ्याल नजिकै भएको विष्फोटबाट घरको झ्यालको सिसाहरु फुटेको छ भने घटनाको खबर पाए लगत्तै आएका उम्मेदवार साहले कुनै मानवीय क्षेती नभएको बताएका छन् । 

उम्मेदवार साहको घरमा पड्काईएको बमबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । ‘विष्फोट भएको छ, मानवीय क्षति भएको छैन् । घरको झ्यालका शिशा फुटेका छन् ।’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘ प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ