2026-07-03 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले सार्बजनिक गर्यो प्रदेश ५ को राजधानी

2017-11-23

मङ्सिर ५, बुटवल । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले प्रदेश नं. ५ को राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेको छ । 

गठबन्धनले रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन पूर्वाधारलगायत सम्पूर्णरुपले अनुकूल प्रतिबद्धता आज सार्वजनिक गरेको हो । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले विकासको पूर्वाधार, भौगोलिका र प्रशासनिक अनुकूलतालगायत हिसाबले रुपन्देहीबाहेक अन्यत्र राजधानी बन्ने कुनै सम्भावना नरहेको दाबी गर्नुभयो । 

प्रतिबद्धता पत्रमा विगतमा संसद र सडकको आन्दोलनबाट यस प्रदेशको तराई र पहाडलाई अलग गर्ने षड्यन्त्रलाई सदाका लागि असफल तुल्याएको जनाउँदै अब प्रदेशको राजधानी स्थापना गर्न अनुकूल हुने गरी विभिन्न १२ बुँदामा रणनीतिक आयोजना तथा कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ । 

नेता पौडेलले बुटवल, तिलोत्तमा, सैनामैना र आसपासका क्षेत्रमा जग्गाको प्रबन्ध गरी प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने प्रशासनिक एवं सार्वजनिक सेवाप्रवाहका सरकारी भवन एवं आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । 

प्रतिबद्धता पत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह नगरपालिका र ओमसतिया, रोहेणी, शुद्धोधन, सियारीलगायत गाउँपालिकालाई समेटेर महानगरपालिकामा विकास गरिने र त्यसका लागि सम्बन्धित नगरपालिका, गाउँपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधि सम्मिलित महानगर विकास परिषद् गठन गरिने उल्लेख छ । 

अन्तर्राष्ट्रिय योजनविद्को सहभागितामा महानगरको गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने प्रतिबद्धतासमेत जाहेर गरिएको छ । यसैगरी निर्माणाधीन बुटवल–बेलहिया छ लेन सडकलाई गुणस्तरीय रूपमा शीघ्र सम्पन्न गरी, ठेक्का प्रव्रिmया अघि बढेको बुुटवल–नारायणगढ सडकलाई छ लेनमा स्तरोन्नति गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाउन आफूहरुले नेतृत्व लिने प्रतिबद्धता जनाइएको छ । 

साथै बुटवल–कोहलपुर राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने कार्य थालनी गरिनेछ । बुटवल–पोखरा सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी ‘डेडिकेटेड डबल लेन’को बनाइने समेत उल्लेख छ । 

यस्तै त्रिवेणी–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट–बहादुरगन्ज हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गरिनुका साथै बेलवास–बेथरी चार लेन सडक, मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक र बेलवास–नुवाकोट–झुम्सा सडकको निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । 

‘बृहत् लुम्बिनी चक्रपथ’ 

रूपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न बृहत् लुम्बिनी चक्रपथको निर्माण कार्य अघि बढाउनाका साथै बुटवललाई ५ नं प्रदेशका सबै जिल्ला सदरमुकामसँग कम्तीमा ‘डेडिकेटेड दुई लेन’ सडक सञ्जालद्वारा जोडिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । 

यस्तै पूर्वपश्चिम रेलमार्ग र केरुङ–काठमाडाँै–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव तयार गरी निर्माण कार्य आरम्भ गरिनुका साथै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, धनगढीलगायतका देशका मुख्य शहर र अन्तर्राष्ट्रिय क्षेत्रमा हवाई सेवा सञ्चालन गरिने छ । 

‘लामो समयसम्म सम्पन्न हुन नसकेको लुम्बिनी गुरुयोजनाको काम निश्चित अवधि तोकेर कार्यान्वयन गर्नुका साथै बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।’ 

प्रतिबद्धतामा भनिएको छ, ‘देशकै महत्वकांक्षी परियोजनाका रुपमा रहेको कालीगण्डकी कोरिडोर सडकको निर्माण कार्य सम्पन्न गरी कोरला–सुनौली सडक सञ्चालनमा ल्याउनुका साथै कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव तयार गरी निर्माण कार्यारम्भ गरी जलविद्युत् उत्पादन, सिँचाइ सेवा विस्तार र पर्यटन प्रवद्र्धन गरिनछ ।’ 

यस्तै बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा बुटवल, तिलोत्तमा, सैनामैनाका साथै समग्र रूपन्देही जिल्लालाई भौतिक तथा मानवीय विकासका दृष्टिले देशकै नमुना बनाइने जनाइएको छ । 

बन्द भएका उद्योग सञ्चालनमा ल्याइने, मोतीपुर औद्योगिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वधार निर्माण गर्ने, बुटवल औद्योगिक क्षेत्रलाई विस्तार गरी आधुनिकीकरण गर्ने प्रतिबद्धता पत्रमा छ । भरत केसी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली