2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

व्यापारीसँग चन्दा माग्ने सिन्धुपाल्चोकका नेकपाका एक नेता पक्राउ

मङ्सिर १४, भक्तपुर । व्यापारीसँग पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । 

नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । 

प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ । 

प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । 

प्रेसर कुकर बम विस्फोट गराएर भाग्दै गर्दा केही स्थानीयले रोक्ने प्रयास गर्दा मोटरसाइकल छाडेर भागेको आशंकामा प्रहरीले बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो । मोटसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

९ गते एकै समयमा चाँगुनारायण र मध्यपुरथिमिमा क्षेत्र नं २ प्रदेश (ख) का काँग्रेसका उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी बम विस्फोट गराएपनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन । 

मंगलबार राति मात्रै सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगाना बस्दै आउनु भएको रोज भिलेजबाट करिब १०० मिटर पर बम विस्फोट भएको थियो । 

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले विस्फोट गराउने व्यक्तिको खोजी भइरहेको बताउनुभयो । 

प्रहरीले चुनाव नजिकिँदै गर्दा पनि सुरक्षा संयन्त्रलाई बलियो बनाएर परिचालन गर्न नसक्दा भक्तपुर जस्तो सानो जिल्लामा पनि सुरक्षा चुनौती बढ्दै गएको दलका नेताहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई