Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा

२०७४, १७ मंसिर आईतवार ११:११

–कृष्णराज गौतम | मंसिर १७, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । 

यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुबै गठबन्धनका उम्मेदवार तटस्थ मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो र चुनावी सभामा सक्रिय छन् । 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर, प्रदेश क मा वसन्त मानन्धर र प्रदेश ख मा प्रकाश श्रेष्ठ हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि राप्रपाका केन्द्रीय सदस्य विक्रमबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्छ । प्रदेशसभाका दुबै उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल हुनुहुन्छ । 

प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् । कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उहाँका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि यस निर्वाचन क्षेत्रको चुनावी माहोलमा रौनकता थपिएको छ । सोही क्षेत्रमा विसं २०७० बाट निवार्चित हुनुभएका मानन्धर जनतामा भिजेका नेता हुन् । 

उम्मेदवारहरुले मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने मात्र हैन खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखेको बताइआएका छन् । 

काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ । यहाँ ५७ हजार ५८८ मतदाता रहेका छन । 

ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले जनाइरहेका छन् । यहाँ यिनै भूकम्पपीडित जनता निर्णायक हुन सक्ने भएकाले नेताहरु उनीहरुको विश्वास जित्न लागिपरेका छन् । उम्मेदवारले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीय स्थल बनाउने लगायतका प्रतिवद्धता जनाइरहेका छन् । 

निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि फर्केर नआउने उम्मेदवारको विकल्प खोज्न यहाँका मतदाता लागिपरेका छन् । 

स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा (एमाले) र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ । 

महानगरपालिकाभित्र नेवार समुदायको बढी घनत्व रहेको छ । दुबैतर्फका उम्मेदवार जातीय मत आफूतिर तान्ने होडमा लागेको देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश