2026-07-26 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा वाम गठबन्धन बढी स्थानमा विजयी, कसले कहाँ जिते ?

मङ्सिर २४, बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ । 

मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमोद यादव अगाडि हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले पछ्याइरहनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामानुसार रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । 

उहाँले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो । 

नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो । पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान(हाल स्वर्गीय)लाई पराजित गर्नुभएको थियो । 

यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित हुनुहुन्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । 

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एक लाख १२ हजार १३० मतदाता रहेको सोे निर्वाचन क्षेत्रमा ८७ हजार १९ मत खसेको छ । उहाँलाई काँग्रेसका जिल्ला सभापति तथा वर्तमान राज्यमन्त्री अब्दुल राज्जाकले पछ्याउनुभएको छ । 

यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने राप्रपा (प्रजातान्त्रिक) का ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै प्रदेशसभा (ख) मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी हुनुभएको छ । नेता भुसालले २९ हजार ६०१ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गर्नुभएको छ । 

यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश (क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वाचित हुनुभएको छ । 

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभएको छ । एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिनुभयो । 

सो निर्वाचन क्षेत्रमा प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक हजार ७६१ मत बदर भएको खनालले जानकारी दिनुभयो । 

यस्तै प्रदेशसभा (ख) मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा दुईी हजार ५०८ मत बदर भएको छ ।

निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् । भरत केसी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ