2026-07-04 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ पहिलो साताभित्र नयाँ सरकार: सचिव ज्ञवाली

2017-12-28

पुस १३, नगरकोट । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । 

एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारका रुपमा रहने बताउनुभयो । 

अहिलेको कामचलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।” 

सचिव ज्ञवालीले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रा व्यक्ति जाँदैछन् तर तिनले जनचाहनाअनुसार काम गर्न नसके हेरफेर गर्न सकिने पनि बताउनुभयो । 

राष्ट्रियसभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको र सरकार गठन तथा अध्यादेश फरक पाटो भएकाले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उहाँको भनाइ थियो । 

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिंदै सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावनाअनुसार प्रदेश राजधानी प्रदेशसभाले नै तोक्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो