2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाम गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’

पुस २३, भक्तपुर (रासस) | नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ । 

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।” 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ द्रोण पोखरेलले भक्तपुरका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गर्नुभयो । 

पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं ‘मजदूर दैनिक’का सम्पादक सरोजराज गोसार्इं, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, राष्ट्रिय नेवा देय दबुका अध्यक्ष केके मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि संगठित भएर मिसन पत्रकारिता शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत क्लब भक्तपुरका अध्यक्ष सुशीलबन्धु थापालाई  दुई हजार २०० सहित यस वर्षको ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई