2026-09-12 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

बन्दका कारण पर्सावासीको जनजीवन प्रभावित

माघ ४, पर्सा |  प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ । 

वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो । 

प्रदेश नं २को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा बिहानैदेखि टायर बाली प्रदर्शन गरिरहेका छन् । 

बन्दका कारण वीरगञ्जबाट विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सर्वजनिक सवारी साधन नचलेपछि यहाँको बसपार्कमा सयकडौँ यात्री अलपत्र परेका छन् । 

बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जको घण्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी साधन तोडफोड गरेका छन् । आन्दोलनकारीले दुई वटा चारपाङ्ग्रे र चार वटा तीन पाङ्ग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ । 

एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सञ्चार माध्यमका सवारी साधन, मोटरसाइक, सइकल बाहेकका सबै सवारी साधन सञ्चालनमा आन्दोलनकारीले रोक लगाएका छन् भने होटल, औषधि पसलमात्र सञ्चालन गर्न दिएका छन् । 

बन्दका क्रममा हुन सक्ने जनधनको क्षति रोक्न वीरगञ्जका चोक चोकमा उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन