2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत

 माघ २८, बुटवल | प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् । 

एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको हो । 

एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत प्रदेश सदस्यको सहमतिसहितको संयुक्त हस्ताक्षर बुझाएका हुन् । सो प्रदेशमा कूल ८७ प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना छन् । एमाले माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको हो । 

दुवै दलका संसदीय दलको संयुक्त पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही विलम्ब भए पनि संविधानले दिएको समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत छौँ भन्नुभयो । 

प्रदेश प्रमुखसमक्ष पत्र बुझाएलगत्तै मुख्यमन्त्रीका लागि अगाडि सारिएका एमाले संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि आगामी फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुने र त्यससँगै छोटो मन्त्रिमण्डल गठन गरिने बताउनुभयो । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले प्रदेश सदस्य केसीलाई संसदीय दलको नेता चयन गरेको र आज नै मन्त्रिमण्डलमा पठाउने नेता तथा माओवादी केन्द्रले पाउने प्रदेशसभाको सभामुखका लागि नाम चयन गरिने बताउनुभयो ।रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ