नेकपा एमाले र नेकपा (माओव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेकपा एमाले र नेकपा (माओव"/>

2026-09-14 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी

फागुन ५, बुटवल । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावकमा नेकपा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सचेतक दधिराम न्यौपाने हुनुहुन्छ । 

आइतबार हुने उपसभामुख निर्वाचनका लागि प्रदेशसभा सचिवालयले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको छ । प्रदेशसभाको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको छ । अहिलेसम्म कृष्णीको मात्रै उम्मेदवारी परेको जनाएको छ ।

संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ । 

कमैया तथा कम्लहरी महिलाको मुक्ति एंव अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया राजापुर नगरपालीकाकी कृष्णी बाल्यकालदेखि नै जमिन्दारको घरमा कम्लहरीको रुपमा काम गर्नुभएको थियो । उहाँको विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाको रुपमा काम गर्नुभएको थियो । 

विसं २०५७ साउन २ गते सरकारले कमैया कम्लहरी मुक्त भएको घोषणा गरेसँगै उहाँको परिवार पनि मुक्त भएको हो । सरकारले कमैयामुक्त गर्दा मुक्तकमैयालाई पहिचान नदिएको भन्दै उनी विभेद् विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन् । 

उम्मेदबारी दर्तापछि नेतृ थारुले आफूले उपसभामुख पदको मर्यादित ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नं. ५ को समृद्धिका लागि सम्पूर्ण दलसँग सहकार्य र समन्वय गरेर अगाडि बढने बताउनुभयो । 

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारीमा छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ