2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधि शासक बन्दैछन्ः नेता बस्नेत

2018-02-26

फागुन १४, भक्तपुर | नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भन्नुभयो, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।” 

जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उहाँले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका उपप्रमुखहरु सूर्यविनायककी जुना बस्नेत र चाँगुनारायणकी वीणा बास्तोलालगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज र जनप्रतिनिधि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै