2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सरकारले द्रुतगतिमा काम गर्नुपर्छः अध्यक्ष थापा

चैत ८, धुलिखेल | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताउनुभएको छ । 

धुलिखेलमा आजबाट शुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो – “दश वर्षेे सशस्त्र जनयुद्ध र राजनीतिक संक्रमणपछि हालै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएका कारण विकासप्रति जनताको आशा र भरोसा तीव्र रहेको पुष्टि हुन्छ ।” 

अध्यक्ष थापाले सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणपछि अहिले शान्ति र स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित हुने आशा र विश्वास आम नागरिकको छ भन्दै अब पनि शान्ति, स्थायित्व र आर्थिक समृद्धि नभए त्यो मुलुककै लागि दुर्भाग्य हुने बताउनुभयो । 

“नेपालको धार्मिक र सांस्कृतिक पहिचान संकटमा परेको छ,” उहाँले भन्नुभयो, “धर्म परिवर्तनले नेपालमा सदियौँदेखि कायम रहँदै आएको सद्भाव खल्बलिन सक्ने र मुलुक धार्मिक द्वन्द्वमा पर्नसक्ने खतरा छ ।” 

अध्यक्ष थापाले विसं ०६२÷६३ को परिवर्तनपछि समाजमा तीव्र राजनीतिकरण भएको उल्लेख गर्दै राज्यका सबै अंग र प्रशासनिक संयन्त्रमा तीव्र रुपम पार्टीकरण भएको, संवैधानिक अंग, न्यायालय, राजदूत र शैक्षिक संस्थालगायतमा पार्टीको भागबण्डाका आधारमा नियुक्त गर्ने परम्परा चलेको अवस्थालाई सच्याउन सकेमत्रै जनताले आशा गरेको आर्थिक समृद्धि र दिगो शान्ति एवं प्रजातन्त्र बलियो हुनेछ भन्नुभयो । 

नेपालको सम्मान र गौरवको रक्षाका लागि वर्तमान सरकारले थुप्रै काम गर्नुपर्ने बताउँदै उहाँले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन सके आगामी पाँच वर्षपछि पार्टीलाई अग्रणी राजनीतिक शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई